सिराहामा देवरकाे कुटाइबाट भाउजूको मृत्यु


सिराहा – सिराहाको मिर्चैयामा देवरले कुटपिट गर्दा भाउजूको मृत्यु भएको छ। भैँसीको पाडोले बाली खाएको निहुँमा भएको झगडामा देवरले कुटपिट गर्दा मिर्चैया नगरपालिका-३ बलुवाटोलकी ४५ वर्षीया मनतुतदेवी यादवको बुधबार बेलुका मृत्यु भएको हो।

आफ्नै देवर रामदेव यादवको कुटपिटबाट गम्भीर घाइते भएपछि आफन्तको सहयोगमा उपचार र प्रहरीलाई खबर गर्न घरबाट निस्किएकी यादव गाउँबाट करिब पाँच सय मिटरको दूरीमा ढलेपछि नउठेको मिर्चैया प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीका अनुसार प्रहरीले जानकारी पाएलगत्तै यादवलाई तत्काल मिर्चैयास्थित मंगलम अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

कुटपिटमा संलग्न देवर फरार रहेकाले खोजी गरिरहेको उनले बताए। कुटपिटपछि गम्भीर घाइते बनेकी उनलाई मिर्चैयातिर लगिएसँगै प्रहरीलाई पनि खबर भएपछि रामदेव फरार भएको स्थानीयले बताए।

प्रतिक्रिया