उद्योगी व्यवसायीका समस्याको समाधान खोज्छौँ : अर्थमन्त्री


काठमाडौं – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीका समस्याको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताएका छन् ।

आज (बिहीवार) नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासङ्घ र नेपाल इन्भेस्टमेन्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीका समस्याको समाधान खोज्ने सकारात्मक प्रयास गर्ने बताएका हुन् ।

उनले चेम्बरले देशको आर्थिक समुन्नतिका लागि सरकारसँग सहकार्य गर्ने विषय सकारात्मक भएको बताए । देशको आर्थिक उन्नति अहिले सबैको सरोकारको विषय भएको बताउँदै उनले चेम्बरले उठाएका मागलाई छलफल गरेर सकारात्मक समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए ।

अर्थमन्त्री पौडेलले नेपाल उद्योग व्यापार महासङ्घसँगको छलफलमा अर्थतन्त्र अफ्ठ्यारोमा रहेको भन्दै अफ्ठ्यारोका बीचबाट समाधान खोज्नुपर्ने अवस्था रहेको बताए । उनले व्यवसायीको माग तत्काल सम्बोधन गर्ने विषयमा पहल गर्ने बताए । त्यस्तै उनले शेयर बजार सुधारका लागि आवश्यक पहल गर्ने आश्वासन पनि दिए ।

प्रतिक्रिया