सन्दीपको निवेदन हेर्न नभ्याइनेमा


काठमाडौं – जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीप लामिछानेले गरेको पुनरावेदन निवेदनमा आज(बिहिबार) सुनुवाई हुन सकेन ।

नावालिक बलत्कार मुद्दामा पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै लामिछानेले दिएको निवेदनमा उच्च अदालत पाटनमा आजका लागि पेशी तोकेपनि सुनुवाई हुन नसकेको हो ।

लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । पाँचौ नम्बरमा परेको उक्त निवेदन हेर्न नभ्याइनेमा परेको छ ।

बलात्कार आरोपित लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो ।

क्रिकेटर लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । हाल उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

प्रतिक्रिया