बागमती प्रदेशसभा सदस्यले लिए पद तथा गोपणियताको शपथ


हेटौंडा – बागमती प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले आज पद तथा गोपणियताको शपथ लिएका छन् ।

ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा शपथ लिएका हुन् । ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

जेष्ठ सदस्य ढ्ङगानाले प्रदेशसभाका १०९ जना सदस्यलाई ढुंगानाले पद तथा गोपनियताको सपथ गराएका हुन् ।

प्रदेश सभा सचिवालयका अनुसार १२ जनाले नेवारी तथा ३ जनाले तामाङ भाषामा र बाँकीले नेपाली भाषामा शपथ लिएका छन् ।

प्रतिक्रिया