भरुवा बन्दुकसहित दुई जना पक्राउ


सोलुखुम्बु – सोलुमा भरुवा बन्दुकसहित दुई युवा पक्राउ परेका छन्। सोलुदुधकुण्ड नगरपालिका-१ बाट पक्राउ पर्नेमा  माप्यदुधकोशी गाउँपालिका २ का ३२ वर्षीय खगेन्द्र राई र सोही ठेगानाका २४ वर्षीय प्रवेश राई रहेका छन्।

उनीहरूलाई शनिबार साँझ एक थान भरुवा बन्दुक र एक थान खुकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार सोलुदुधकुण्ड नगरपालिका-१ छिर्दीस्थित निर्माणाधीन पुलको कामदारहरूलाई धाकधम्की दिँदै गरेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया