सानिमा बैंकले १० प्रतिशत बोनस सेयर दिने


काठमाडौं – सानिमा बैंक लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ। आइतबार सम्पन्न १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ०.९८ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सभा सम्पन्न भएको थियो। सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा आशुतोष उपाध्याय र रमेशकुमार पोखरेल साधारण सभाबाट निर्वाचित भएका छन्।

आर्थिक वर्ष २०७८/७९ मा २.०९ अर्ब खुद मुनाफा गरेको बैंकको कुल सम्पत्ति १९२.५१ अर्ब, कुल निक्षेप १५८.८८ अर्ब तथा खुद कर्जा सापटी १४१.६९ अर्ब रहेको छ। आर्थिक वर्ष २०७७/७८ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः २१.३९, १५.०४ र १९.७५ प्रतिशतले वृद्धि गरेको छ।

प्रतिक्रिया