धनुषाका प्रहरी नायव निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं – घुस रकमसहित पक्राउ परेका प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक चौधरीलाई अख्तियारको टोलीले मंसिर १७ गते पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा प्रहरी नायव निरीक्षक चौधरीले घुस रकम माग गरी लिएको देखिएकाले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।

धनुषा नगराइन नगरपालिका-२ स्थित एक पसलका सञ्‍चालकसँग पसल सञ्चालन गर्न महिनावारी रुपमा रकम दिनुपर्ने र अन्यथा सञ्चालन गर्न नदिने भनी उनीविरुद्ध उजुरी आएको र सोही उजुरीका आधारमा अनुसन्धान गर्दा ९ हजार घुस रकम बुझिलिएको अख्तियारको ठहर छ।

प्रतिक्रिया