

लिना धरौटीमा रिहा

काठमाडौं– विन्ध्यवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्नी विहीबार धरौटीमा रिहा भएकी छन्।
२ लाख ७५ हजार बुझाएर लिना रिहा भएकी हुन्।
‘प्रणय’ ५ वर्षका लागि मात्रै विन्ध्यवासिनीलाई दिएको भन्दै फिर्ता माग्ने क्रममा विन्ध्यवासिनी म्युजिक र गायक खरेलबीच विवाद सुरु भएको थियो। विवादपछि ५६ जना संगीतकर्मीको हस्ताक्षरसहित प्रहरीमा उजुरी दर्ता भएपछि प्रहरीले पक्राउ गरेको थियो।
विन्ध्यवासिनीसँग रहेको प्रोपर्टीमा गायक प्रमोद खरेलसँग प्रतिलिपि अधिकार नभएको लिनाको दाबी छ।

