काे हुन् यी ८ वर्षीय बासिल, जसले नेयमार र मेस्सीको रेकर्ड तोडे


काठमाडौं– ब्राजिलका ८ वर्षीय बाल खेलाडी काउन बासिलले विश्व फुटबलमा राज गरिरहेका लियोनल मेस्सी र नेयमारको रेकर्ड तोडेका छन्।

विश्व चर्चित स्पोर्टस् ब्रान्ड नाइकसँग सम्झौता गर्दै बासिलले मेस्सी र नेयमारको रेकर्ड तोडेका हुन्।

उनले मेस्सी र नेयमारले नाइकसँग व्यावसायिक सम्झौता गरेको उमेरभन्दा कम उमेरमै सम्झौता गरेका छन्। ब्राजिलियन फुटबल क्लब सान्टोसका बासिललाई ब्राजिल फुटबलको भविष्यका रुपमा हेरिएको छ।

उनले नाइकसँग आकर्षक सम्झौता गरेका छन्। यो उनको खेल जीवनको पहिलो व्यावसायिक सम्झौता हो। उनले नाइकसँग तीन वर्षको सम्झौता गरेका छन्। त्यसपछि पनि उनले सम्झौता थप २ वर्ष लम्ब्याउन सक्नेछन्।

मेस्सीले १५ वर्षको उमेरमा र नेयमारले १३ वर्षमा नाइकसँग सम्झौता गरेका थिए। रियल मड्रिडका रोड्रिगोले भने ११ वर्षको उमेरमा सम्झौता गरेका थिए। बासिल हाल सान्टोसको अन्डर–९ को फुटसल टिमका लागि खेल्छन्। एजेन्सी

प्रतिक्रिया