


२५ वर्षपछि कलेज धाउँदै मनोज गजुरेल !

काठमाडौं – बरिष्ठ हास्य कलाकार मनोज गजुरेल २५ वर्षपछि कलेज भर्ना हुने भएका छन् ।
२५ वर्षअघि पत्रकारितामा स्नातक पास गरेर छाडेका मनोजले अहिले आएर राजधानीको आरआर कलेजमा स्नातकोत्तर तहमा भर्ना हुने तयारी गरेका हुन् ।
उनले उक्त कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गर्दै ‘बि.ए. पास गरेको २५ वर्षपछि बिना संकोच एम.एमा भर्ना हुने निर्णय गरियो’ भन्दै सार्वजनिक गरेका छन् । उनले मास्टर्समा पत्रकारिता नै विषय लिएर भर्ना गर्ने निर्णय गरेको जनाएका छन् ।

