


सर्लाहीमा जग्गाको विषयलाई लिएर देवरले गरे भाउजुकाे हत्या
सर्लाही – सर्लाहीमा कुटपिट गरी एक महिलाको हत्या भएको छ । चक्रघट्टा गाउँपालिका(२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीलाई जग्गाको विषयलाईलिएर कुटपिट गरी हत्या गरेको हो ।
अभियोगमा सोही ठाउँ बस्ने उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पुकार राय, उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी राय समेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या भएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार जितेन्द्र र अनिताको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

