कानुन बनाउने बेलामा राजनीतिक दल विभाजित हुनुहुँदैनः कांग्रेस महामन्त्री थापा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक दलका हिसाबले विभाजित भएपनि कानून बनाउने बेलामा विभाजित हुन नहुने बताएका छन् ।

राजधानीमा आयोजित लैंगिक नीतिसम्बन्धी यूनेस्कोको वर्कशपमा बोल्दै उनले भने, ‘संसदभित्र हामी कतिपय सन्दर्भमा राजनीतिक दलका हिसाबले विभाजित हुन्छौँ। तर, ऐन, नियम बनाउने क्रममा विभाजित हुनु हुँदैन। र हुँदैनौँ पनि ।’

उनले भने, ‘संशोधनमा हाल्नुपर्छ भनेर तयार नै गरेर ल्याएको हुन्छ, फरक फरक पार्टीको मान्छेले दर्ता गर्दै गर्दा कस्तो हो भन्नेकुरा थाहा भइ नै हाल्छ, कसलाई भेटेछ भन्ने कुरा थाहा भइहाल्छ । किनभने त्यो कपिपेस्ट गरेर ल्याएको हुन्छ। आउने सरकारको मान्छेले थाहा पाउँछ। उसले त्यसलाई गम्भीरतापूर्वक लिँदैन ।’

प्रतिक्रिया