

सर्लाहीमा १० किलो गाँजासहित एक जना पक्राउ

सर्लाही – सर्लाहीको लागबन्दीबाट १० किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सर्लाहीकै हरिवन नगरपालिका ३ का २० वर्षीय नितेश श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
आइतबार राति बा.७९ प २२३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको हो ।
प्रहरीबाट भाग्न सफल मोटरसाइकल चालकको खोजी गरिरहेको प्रहरीले बताएको छ ।

