अध्यादेशको विवरण माग गर्दै सरकारलाई आयोगको पत्र


काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई पत्र लेख्दै अध्यादेशका बारेमा जवाफ माग गरेको छ ।

सरकारले रेशम चौधरी, विप्लव र सिके राउतका नेता तथा कार्यकर्तामाथिको मुद्दा फिर्ता लिने गरी अध्यादेश ल्याउन गरेको निर्णयप्रति आयोगले चासो देखाएको हो।

आयोगका सूचना अधिकारी दुर्गा पोखरेलले सञ्चार माध्यमहरुमा आएको सूचनाको आधारमा अध्यादेशमा के-कस्ता कुराहरु समेटिएको भन्ने विषयमा जानकारी गराउन आयोगले सरकारलाई पत्र लेखेको बताए।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको थियो। निर्णयको चौतर्फी विरोध भइरहँदा आयोगले चासो देखाएको हो। अध्यादेश राष्ट्रपति कार्यालयमा पुगिसकेको छ।

प्रतिक्रिया