

हृदय भएकाहरुको फेरि आँशु झार्दै प्रकाश सपुतको ‘पर–पर छुु’ (भिडियोसहित)

काठमाडाैं – डिसेम्बर ८ अर्थात् अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस । नेपाली लोक आकाशका चम्किला तारा प्रकाश सपुतले फेरी अर्को सिर्जना बजारमा ल्याएका छन् र विषय उठाएका छन्– महिनावारी ।
महिनावारी सचेतनाका लागि केकी अधिकारी फिल्मस् र आरन प्रोडक्सनको प्रस्तुति रहेको उक्त सिर्जनामा प्रकाशले नेपाल र नेपालमा रहेका हरेक चेतनशील जनहरुको मनमा एककिसिमको प्रश्न सोधेका छन् ।
उसैत उनका हरेक सिर्जनालाई मूल्यांकनभन्दा माथि राख्न सकिने लायक बनाउनु उनको खुबी हो । त्यसलाई पछिल्लो प्रस्तुतिमा मर्न दिएका छैनन् प्रकाशले । सिर्जनामा देखिएका पात्रहरुमा केकी साँच्चिकै जमेकी छिन् । प्रकाशको हरेक सिर्जनामा को–एक्टरसँगको केमेष्ट्री मिलाउन सक्नु उनको अर्को खुबी हो । प्रकाशले गरेका हरेक सिर्जनामा आबद्ध पात्रहरु प्रकाशकै वरिपरि र उनकै लागि अभिनय गरे जस्ता आम जनतालाई पार्नसक्नु प्रकाशको खुबी मात्र नभई अद्भुत क्षमता नै हो, जसले जनमानसमा ‘प्रकाश’ बनेर छाइरहन्छन्–प्रकाश ।
पर–पर छु बोलको गीतको १० मिनेट ९ सेकेन्डको भिडियोको सुरुवातको ३ मिनेटको वार्तालाप नै गीतका लागि मेरुदण्ड बनेको छ भने त्यसपछिको ४ मिनेटको गीत त्यसको मुटु, र अन्तिमको ३ मिनेट भविष्यमा के गरौं भनेर सोच्न बाध्य बनाउँछ, गीत सुन्नेहरुका लागि ।
प्रकृतिको नियम होला तन दुखेको थियो
समाजको नियमले झन् मन दुखेको थियो
प्रकृति र समाजको नियम मानिरहेँ
केटाकेटी जस्तै थिएँ, केटी मात्रै भएँ,
आफ्नै घर छु, आफ्नै घर छु
तर पर–पर छु ।
सामान्य लाग्ने उनको शब्द बुनाइ अनि संगीतले तीर रोपेको भान हुन्छ ।
नेपाली समाजको वास्तविकतालाई छर्लङ्ग्याउने उनको गीत हेरिसकेपछि हरेक मानिले सोच्ने सोचलाई परिवर्तन गराओस् भन्ने गीतको भावना रहेको देखिएको छ । यो गीत पुरै हेर्ने कोमल हृदयका मानिसले गीत हेर्दाहेर्दै आँशु झरेको पत्तै पाउँदैनन् होला शायद । प्रकाश आफ्ना सिर्जनामा हदैसम्मको निष्ठुरी बन्ने गर्दछन् । उनकै सिर्जना हेर्नेहरुको आँशु झारिदिन्छन्, निष्ठुरी प्रकाशले सिर्जनामार्फत् ।
गीतमा स्वर तुलसी बोहोराले दिएकी छिन् भने लय, शब्द प्रकाश स्वयंकै रहेको छ । प्रकाश आफैंले निर्देशन गरेको उक्त भिडियोमा अभिनयमा पनि आफैंसमेत केकी अधिकारी र सेबिता अधिकारीलाई समेटेका छन् प्रकाशले । सेबिताले प्रकाश र केकीसँगको अभिनयमा साथमात्र दिएकी छैनन्, सँगसँगै अभिनय गरेकी छिन् । अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसर पारेर बिहीबार सार्वजनिक गर्दै भाग १ मनिएको यस सिर्जनापछि प्रकाशले दोस्रो भागमा के ल्याउलान् भनेर कुर्न बाध्य बनाउने उनको सिर्जनाका लागि राष्ट्रिय महिनावारी सञ्जालले सहकार्य गरेको छ ।
भिडियोः

