सलोनले विवाहमा उपहार पाएको ‘राजारानी’ सार्वजनिक


काठमाडौं – अभिनेता सलोन बस्नेतले विवाहमा उपहारस्वरूप पाएको म्युजिक भिडियो ‘राजारानी’ सार्वजनिक भएको छ । चार मिनेट ३५ सेकेण्ड लामो गीतको भिडियो अभिनेता बस्नेतका साथी एवं गायक आमेष भण्डारीले विवाहको उपहारस्वरूप दिएका हुन् ।

गीतको भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले विवाहको उपहारस्वरूप पाएको गीत एकदमै राम्रो लागेको बताए । उनले अहिले विवाहको सिजन चलिरहेकाले गीत धेरै नै राम्रो र मन पराउने आशासमेत गरेका छन् ।

‘आएसआर डिजिटल’बाट सार्वजनिक भएको गीतमा अभिनेता बस्नेतको विवाहका दृश्यहरू देखाइएको छ । गीतको रचना गायक आमेष भण्डारी स्वयंले गरेका हुन् भने गीतमा सुनिता थेगिमले स्वर भरेकी छन् ।

अभिनेता बस्नेत एयर होस्टेज करिष्मा केसीसँग गत मङ्सिर १२ गते विवाह बन्धनमा बाँधिएका हुन् ।

प्रतिक्रिया