
गायक खुमन अधिकारीलाई पितृशोक
स्याङ्जा – गायक खुमन अधिकारीलाई पितृशोक परेको छ ।
गायक अधिकारीका बुवा मुक्तिराम अधिकारीको मंगलबार राती निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ । ८१ वर्षीय अधिकारी लामो समयदेखि बिरामी रहेका थिए ।
दशैं अघिसम्म काठमाडौंमै उपचार गराईरहेका अधिकारीको स्वास्थ्यमा सुधार आएपछि स्याङ्जाको गुरुङ्दीस्थित घरमा लगिएको थियो । तर, मंगलबार बिहानदेखि एक्कासी स्वास्थ्य अवस्था बिग्रिएका अधिकारीको राती निधन भएको गायक अधिकारीले जनाएका छन् ।
स्वर्गीय अधिकारीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । गायक अधिकारी कान्छा छोरा हुन् ।



कागजपत्र |
