हिमालय एअरलाइन्स् ल्हासा परीक्षण उडान सम्पन्न


काठमाडौं – हिमालय एअरलाइन्सले चीनको ल्हासाका लागि परिक्षण उडान गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित यस हिमालय एअरलाइन्स्ले मंगलबार ाआफ्नो पहिलो उच्च उचाई गन्तव्य–ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ ।

ल्हासा जनवादी गणतन्त्र चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी हो, जसले संसारभरबाट पर्यटक आकर्षित गर्दै आएको छ । मंगलबारको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा ल्हासामा तालिकावद्ध उडानहरू सुरू गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूपनै भएको जनाइएको छ ।

परीक्षण उडान त्रिभुवनअन्तर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ः१७ बजे (स्थानीय समय)मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा विहान १०ः४६ बजे (स्थानीय समय) मा अवतरण गरेको जनाइएको छ । ल्हासाबाट फिर्ती उडान अपरान्ह १५ः००बजे (स्थानीय समय) मा गर्दै काठमाडौंमा अपरान्ह १४ः०० बजे (स्थानीय समय)मा अवतरण भएको जनाइएको छ ।

एअरलाइन्स्का सञ्चालन उपाध्यक्ष क्याप्टेन हाओ दीले, वरिष्ठ क्याप्टेनसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन् र चालकदलले ल्हासा स्थित गोंगर अन्तर्राष्ट्रिय विमान स्थलमा वैधता उडानका लागि तीन फरक–फरक एप्रोचेज अपनाउने छन् ।

परीक्षण उडानका लागि एअरलाइन्स्ले सन् २०२० को मार्च महिना मै विशेषतः उच्च उचाईका लागि उडान भर्न नाममा दर्ता भएको नवीनतम न्यारोबडी हवाइजहाज प्रयोगमा ल्याएको छ । १२० इकोनोमि र ०८ विजिनेस क्लास सिटको व्यवस्था भएको एअरक्राफ्ट उच्च उचाईको उडान भर्नको लागि परिमार्जित छ र अधिकतम १४,५०० फिट सम्मको एअरोड्रम उचाई भएको ट्रान्स हिमालयन मार्गहरू सञ्चालन गर्ने क्षमता रहेको छ ।

हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले भने, “हिमालय टोली गत बर्षदेखि नै ल्हासा जस्तोे उच्च उचाईको गन्तव्यको उडानका लागि सावधानीपूर्वक कार्यरत थियो । आजको सफल परीक्षण उडानले (सुरक्षा, टीम भावना र विजयी भावनाको हाम्रो प्रमुखमार्ग निर्देशक सिद्धान्तहरुको प्रतिबद्धतालाई प्रबल बनाएको छ । आजको प्रमाणीकरण उडानको सफल संचालनका लागि हाम्रो टोलीलाई म हृदयदेखिनै बधाई दिन चाहन्छु र हाम्रा दुबै मुलुकका नागरिक उड्डयन प्राधिकरणको सहयोग प्राप्त भाएकोमा हामीव हाँहरु प्रति कृतज्ञ छौं । यस कार्यले हामीलाई हाम्रो अभियान सहजै अगाडि बढाउन सक्षम बनाएको छ ।”

प्रतिक्रिया