

तपाईहरूले कति सुँघ्नु भएको छ? केपीमा ह्वास्सै राजा गन्हायोः प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा राजाको गन्ध आएको बताएका छन्।
मंगलबार प्रेस संगठनका आफू पक्षको भेलालाई सम्बोधन गर्दै उनले भने,‘तपाईहरूले कति सुँघ्नु भएको छ, केपीमा ह्वास्सै राजा गन्हाएको पाउनु भएन?’
पहिला राजा महाराजाहरूले संविधानको अधिकार खोसी संसद विघटन गरेको स्मरण गरेका उनले भने,‘अहिले आफूलाई सोही शैलीमा केपीले प्रस्तुत गरेका छन्। उनको भाषा पनि सोही शैलीको छ।’
प्रधानमन्त्री ओलीको अहिलेको कदम राजसंस्था पुनःस्थापनको प्रस्थानविन्दुका रुपमा देखिएको प्रचण्डको व्याख्या थियो। ‘संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रतिनिधि सभा विघटन गरिएको छ, यो राजसंस्था फर्काउने सुरुआती चरण हो’, प्रचण्डले भने।

