भालुको आक्रमणबाट सोलुमा एक जना घाइते
काठमाडौं – भालुको आक्रमणबाट आइतबार दिउँसो सोलुमा एक जना घाइते भएका छन् ।
बाख्रा चराउने क्रममा घर नजिकै भालुले आक्रमण गर्दा अन्दाजी ४० वर्षीय गोपाल भुजेल घाइते भएका हुन् ।
भुजेलको अनुहार, ढाड, तिघ्रालगायतका क्षेत्रमा गहिरो चोट लागेको छ । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।