
विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला
कास्की – अर्घाखाँची, बाँके र रसुवामा चार जना मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा सयपत्री टोल नजिकै खेतमा माछापुछ्रे गाउँपालिका-६ धिताल बस्ने ८४ वर्षीय दुर्गे परियार आइतबार मृत अवस्थामा फेला परेका छन् ।
अर्घाखाँचीको सितगंगा नगरपालिका-११ गुन्द्रुकखोलास्थित गैरे सामुदायिक वनमा हाल पहिचान नखुलेका पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१८ लग्धवा गाउँस्थित कच्चि बाटोको बीचमा रहेको पानी जमेको खाल्डोमा हाल पहिचान नखुलेकी करिब ३० वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छन् ।
रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ दोक्लाङस्थित जंगलमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
