कंगनाकाे चलचित्र धाकडको रिलिज डेट घोषणा



मुम्बई – बलिउड अभिनेत्री कंगना रनौत पछिल्लो वर्ष निकै चर्चामा आइन् । उनी चर्चामा आउनुको एउटै कारण हो, उनले दिने विभिन्न अभिव्यक्ति । तर, यसपटक उनले आफ्ना प्रशंसकलाई खुसीको खबर दिएकी छिन् । 

उनले फिल्म धाकडको रिलिज डेट घोषणा गरेकी छिन् । योसँगै उनले आफ्ना प्रशंसकलाई खुसीको खबर दिएकी हुन् । उनले सामाजिक सन्जालमा सेयर गर्दै आफ्नो फिल्म १ अक्टोबर २०२१ मा रिलिज हुने घोषणा गरेकी हुन् ।

यो फिल्मबाट आफूले ठूलो अपेक्षा गरेको पनि उनले बताएकी छिन् ।

प्रतिक्रिया