‘ओलीले पद र शक्तिकै लागि पार्टी एकता गरे’


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले पद र शक्तिका लागि मात्रै पार्टी एकता गरेको बताएका छन्। ‘हामीले पार्टी र देशलाई बलियो बनाउन पार्टी एकता गरेका थियौँ।’ प्रचण्डले भने ।

प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ ‘अनेमसंघ’ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘मैले नै उहाँ भएको ठाउँमा भएर पार्टी एकताको प्रस्ताव गरेको थिए। तर, उहाँले पार्टी एकताको प्रस्ताव गर्दा बोल्नुभएको थिएनु उनले भने, ‘मैले पार्टी एकतापछि तपाईंलाई नै प्रधानमन्त्रीको लागि प्रस्ताव गर्छु भनेपछि मान्नुभयो।’

प्रतिक्रिया