उदयपुर सिमेन्ट उद्योगको अध्यक्षमा केशब बस्नेतको मात्रै नाम सिफारिस


काठमाडौं – उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अध्यक्षमा उदयपुर, भुमरसुवाका केशव बस्नेतको नाम सिफारिस भएको छ । अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले उनको मात्रै नाम सिफारिस गरेको हो ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगको अध्यक्ष छनौटका लागि सिफारिस समिति बनाई गत असार ३० गते दरखास्त आव्हान गरेको थियो । आवेदन दिएकामध्ये नौ जनालाई अन्तरवार्ताका लागि बोलाइए पनि बस्नेतको मात्रै नाम नियुक्तिका लागि सिफारिस गरिएको छ ।

प्रतिक्रिया