

करेन्ट लागेर देउखुरीमा दम्पतीकाे मृत्यु

दाङ – दाङको देउखुरीमा करेन्ट लागेर दम्पतीकाे ज्यान गएको छ ।
सोमवार बेलुकी देउखुरीको राप्ती गाउँपालिका २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाकाे करेन्ट लागेर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
घरभित्र भाउजुले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फालेपछि के भएको हो भनी देउरानी हिमाले बिजुलीकाे तार छुँदा करेन्ट लागेको थियो ।
त्यसपछि करेन्ट लागेकी श्रीमतीलाई बचाउन श्रीमान् वासुले काँचो लठ्ठीले तारलाई हिर्काउँदा तार चुडिएर आफ्नै शरीरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको ज्यान गएको राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिए ।

