

दोहोरो अंकले बढ्यो नेप्से, २३ अंकले परिसूचक बढ्दा ३ अर्ब बढीको कारोबार

काठमाडौं – बुधबार सेयर बजारमा तीब्र उतारचढावकाबीच दोहोरो अंकले बढेको छ।
मंगलबार घटेको बजार पुनः बुधबार हरियाली भएर बन्द भएको छ। मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर बजार अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएकाे छ।
बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। बुधबार ३ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको हो।
मंगलबार ४४.८० अंकले घटेर बजार २०८८.१६ बिन्दुमा झरेको थियो। जहाँ ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको थियो।

