एसईईको नतिजा सार्वजनिक, ९६३३ जनाले ल्याए A+, कसरी हेर्ने त रिजल्ट ?


काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

बुधबार अपरान्ह बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् ।

गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना परीक्षार्थी सहभागी थिए । देशभरका दुई हजार ७०० परीक्षा केन्द्रबाट उनीहरुले परीक्षा दिएका थिए ।

बोर्डको दुबै वेबसाइट www.see.gov.np र www.neb.gov.np बाट, नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर तथा विभिन्न वेबसाइटबाट र विभिन्न सेवाप्रदायक कम्पनीमा एसएमएस गरेर नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

प्रतिक्रिया