स्रोत नखुलेको साढे ४१ लाख रकमसहित भारतीय नागरिक पक्राउ


वीरगञ्ज – स्रोत नखुलेको साढे ४१ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले स्रोत नखुलेको रकमसहित भारत विहार, जिल्ल पूर्वी चम्पारण थाना रक्सौल–११ बस्ने २५ बर्षिय राकेश कुमारलाई पक्राउ गरेको हो।

वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो।

रक्सौलबाट वीरगञ्जतर्फ बी आर ०५ एन ०२३८ नम्बरको मोटरसाईकलमा आईरहेका राकेशको साथबाट मोटरसाईकलको सिटमुनि टयांकीमा लुकाएर राखेको स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँ बरामद गरिएको पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।

उनलाई प्रहरी नियन्त्रणमा राखी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए ।

प्रतिक्रिया