

साउन महिनामा हरियो चुरा, मेहन्दी लगाउने कि तिउरे?

काठमाडौँ-त्तिकै महिलाहरूमा छुट्टै किसिमको रौनक छाउने गर्छ। किनभने हरियो चुरा र मेहन्दीमा सजिनका लागि। महिलाहरू मात्र नभई साना बालिका र किशोरीमा समेत मेहेन्दी र हरियो चुरा लगाउने ’क्रेज’ बढ्दो छ। धेरैले धार्मिक विश्वासमा यसो गरेका छन् भने कतिले चाहिँ फेसनका रुपमा।
साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन रहेकाले साउनका सबै दिनलाई महत्वको रुपमा लिने गरेको संस्कृतविद् डा. जगमान गुरुङले बताए। भारतको राजस्थान बाट करिब १० वर्ष यता हरियो कपडाको पहिरन गर्ने प्रचलन आएको गुरुङ बताउछन्। राजसस्थानमा महिलाहरूले यस मौसममा पनि हरियो चुरा र मेहन्दी लगाउँथे त्यसैको नक्कलमा नेपाली महिलाले पनि हरियो चुरा र मेहन्दी लगाउने गरेका हुन्।
गुरुङका अनुसार हरियो रङ उर्वताको प्रतिक हो महिलाहरूले प्रजजन क्षमता होस, सन्तानको दीर्घायूको कामना गर्दै तिउरी लगाउने चलन थियो उनले भने आयातित परम्परा भएकाले महिलाहरूले हरियो चुरा, मेहन्दी पहेलो कपडा लगाउनु पर्ने प्रचलन हाम्रो संस्कृति र कुनै पनि धार्मिक ग्रन्थहरूमा नरहेको बताए।
ब्राह्मण विनोदप्रसाद पाण्डेका अनुसार नारीहरूले चुरा श्रृङ्गारको रुपमा लगाउने प्रचलन भए पनि हाम्रो संस्कृति र कुनै पनि धार्मिक ग्रन्थहरूमा हरियो चुरा साउन महिनामा लगाउनु पर्ने देखिँदैन। हिन्दू धर्मअनुसार साउन महिनामा शुद्ध खाना खाएर शिवजीको प्राथना गरेमा पारिवारिक सुख शान्ती, समृद्धि, विद्या धनलगायतका विषयमा सफलता प्राप्त हुने विश्वास वैदिक शास्त्रमा वर्णन गरिएको पाण्डेको भनाइ छ।
यो केहि समयअघि आएको चलन हो पहिले नारीहरू रातो कपडा लगाएर शिवजीको प्राथना गर्थे तर अहिले देखासिकीका रुपमा हरियो चुरा र मेहन्दी लगाइएको उनको बुझाइ छ। साउन महिनामा नै हरियो चुरा, हरियो पोते र हरियो कपडाले महिलाहरू श्रृंगारमा सजिएर शिवजीको आरधनाको लागि शिवालय जाने अविवाहितले श्रीमान्को बर माग्ने र विवाहित महिलाहरूले पुत्र, पुत्रीको बरदान माग्ने नयाँ संस्कृतीको भने तथ्यगत छैन यो विकृित मात्र हो उनले भने।
स–साना बालिका, युवती, अधबैंसे नारी हुन् या वृद्ध महिला, यतिबेला सबैको नाडीमा काँचका हरिया चुरा सजिएको देख्न पाइन्छ। रातो, पहेंलो र हरियो चुरापोते तथा कपडामा सजिएका महिलाको मन्दिर र बाटोघाटोमा चहल–पहल बढेको छ।
काठमाडौं कि एक यवती भन्छिन्, ‘म अरू बेला कहिल्यै चुरा लगाउँदिन। तर साउन महिनामा हरियो चुरा लगाएर बजाउँदै हिँड्दा खुब रमाइलो लाग्छ।’ आफूलाई हरियो चुरा लगाउनुको अर्थ थाहा नभएको तर अरुले लगाएको देखेर रमाइलोको लागि मात्र लागाएको बताउँछिन्।
किन साउनमा हरियो चुरा लगाउनु भएको हो भनेर सोध्दा अधिकांश महिलाको जवाफ हुन्छ, अरुले लगाएको देख्दा रमाइलोका लागि मात्र हरियो चुरा र मेहन्दी लगाइएको बताउँछन्।हिजोआज हरियो चुरा, हरियै रंगका कपडा तथा मेहन्दीहरूको व्यापार बढेको छ। मन्दिर आसपासका पसलहरू, तथा ब्युटीपार्लरहरूमा हरियो चुरा र मेहन्दी लगाउने युवतीहरूको भिड नै लाग्ने गर्दछ।
यसरी पसलहरूमा भिड लाग्नुको मुख्य कारण भनेको अरुको सिको गर्नु हो। धर्म कर्ममा विश्वासभन्दा पनि फेसनकै आधारमा युवतीहरू पछि लागेकाले पनि यस्को व्यापार बढेको देखिन्छ।
अझ कति व्यावसायीलाई हरियो चुरा र मेहन्दी साउन महिनामा किन लगाउँछन त भन्ने बारे थाहानै हुँदैन, तर साउन महिना लागेपछि हरियो चुरा र मेहन्दी लगाउन आउने ग्राहकको भिड हुन्छ भनेर कर्मचारीसमेत थप्ने गरेका छन्। ग्रामिण भेगमा भने यतिबेला मानो खाएर मुरी उब्जाउने समय सुरु भएको छ, के को हरियो चुरा के को मेहन्दी हात हिलै लिएर धान रोपाइमा व्यस्त हुन्छन्। तर गाउँमा पनि तिउरे दल्ने चलन भने छ। तिउरे दल्नु चाहिँ हाम्रो परम्परा हो संस्कृति हो।
साउनका नाममा लगाइने हरियो चुरा र पहेँलो बस्त्र संस्कृतिको रूपमा कुनै शास्त्रमा उल्लेख नभएको र विदेशीले चुरा व्यापारका लागि विकृति फैलाउने विज्ञहरूको भनाइ छ। परम्परामै नभएको कुरामा प्रतिवर्ष चुरामा मात्र अर्बौ रुपैयाँ विदेसिन्छ।

