बारीमा पसेको बाँदर धपाउने क्रममा एक जनाको मृत्यु


अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ केरुगामा बाँदर धपाउने क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टङ्क खनाल रहेका छन् ।

बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल लडेर घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिए । गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

प्रतिक्रिया