प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ


महोत्तरी – महोत्तरीबाट प्रतिबन्धित लागुऔषधसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुरको तालसिखेल नगरपालिका-१४ का ४३ वर्षीय सुमन कार्की रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

शुक्रवार विहान जलेश्वर नगरपालिका-३ मलिवारास्थित प्रहरी चौकी भिठ्ठामोड महोत्तरीबाट खटेको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा कार्कीलाई आफ्नै शरीरको विभिन्न अंगमा लुकाई छिपाई राखेको नाइट्रभेट १० लेखिएको ९० पिस र स्पास्मो प्रोक्सिभन प्लस ४० पिस टयब्लेट बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रतिक्रिया