श्रीलङ्काको सत्तारुढ दलले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने


काठमाडाैं – श्रीलङ्काको सत्तारुढ दलले राष्ट्रपतिमा उम्मेदवारी दिने भएको छ । वर्तमान अन्तरिम राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै उम्मेदवार बनाउने सम्भावना रहेको बताइएको छ।

निवर्तमान राष्ट्रपति गोटावाय राजापाक्षले देश छाडेर राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयनका लागि श्रीलङ्कामा आगामी जुलाई २० मा निर्वाचन हुन लागेको छ ।

सत्तारुढ दल श्रीलङ्का पोडुजाना पेरामुना (एसएलपीपी)का महासचिव सागरा कारियावासामले विक्रमासिङ्घेलाई नै राष्ट्रपतिको उम्मेदवार बनाइने सम्भावना रहेको बताए ।

उनलाई उम्मेदवार बनाएर सबैको समर्थन जुटाउने प्रयास भइरहेको पनि कारियावासामले जानकारी दिए। सभामुख महिन्दा यापा अबेवार्डेनाले जुलाई २० मा निर्वाचन गर्ने घोषणा शुक्रबार गरेका थिए ।

प्रधानमन्त्री विक्रमासिङ्घेलाई पनि शुक्रबार नै अन्तरिम राष्ट्रपतिको रुपमा सपथ खुवाइएको छ ।

प्रतिक्रिया