करारका कर्मचारी हटाइएको विषयमा दैलेखमा गोली चल्यो


दैलेख – कर्मचारी हटाइएको विषयमा चर्किएको आन्दोलनका क्रममा दैलेखमा गोली चलेको छ । जिल्लाको गुराँस गाउँपालिकाले करारका कर्मचारी हटाएको भन्दै विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको हो ।

स्थानीय तोडफोडमा उत्रिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ । सो क्रममा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ । घाइतेलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।

प्रतिक्रिया