
बौद्धमा सामूहिक बलात्कार : घटनामा संलग्न ३ जना पुर्पक्षका लागि थुनामा
काठमाडौं – बौद्धको लुङ्ता गेष्ट हाउसमा युवतीलाई सामूहिक बलात्कार गरेको घटनामा संलग्न ३ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । वैशाख २९ मा सो गेष्ट हाउसमा बलात्कार भएको थियो ।
बलात्कार आरोपमा पक्राउ परेका काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामालाई जिल्ला अदालतले थुनामा राख्न आदेश गरेको हाे ।
गेष्ट हाउस सञ्चालक सिन्धुपाल्चोकको भोटेकोशी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङनिमालाई अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
आफमाथि सामूहिक बलात्कार भएको भन्दै वैशाख २९ मा बिहान पीडितले रानीपोखरी स्थित प्रहरी कन्ट्रोल रुमको १०० मा फोन गरेकी थिइन्। लुङ्ता गेष्ट हाउसका सञ्चालकलाई प्रहरीले बलात्कार मतियारको आरोपमा पक्राउ गरेर अनुसन्धान गरेको थियो ।



कागजपत्र |
