

हिमालयन र सिभिल बैङ्कको मर्जर हाललाई स्थगित

काठमाडौँ – हिमालयन बैङ्क र सिभिल बैङ्कबिच आज हुने भनिएको मर्जर सम्झौता हाललाई स्थगित भएको छ।
शुक्रबारको लागि सम्झौता गर्ने कार्यक्रममा हिमालयन बैङ्कले केही सञ्चारकर्मीलाई निमन्त्रणासमेत गरेको थियो ।
स्रोतका अनुसार हिमालयन बैङ्कका सञ्चालकहरूले सिभिल बैङ्कलाई दिन लागिएको स्वाप रेसियोमा असहमति जनाएपछि मर्जरमा बाधा आएको हो ।
हिमालयन बैङ्कको एक सय कित्ता सेयर बराबर सिभिलको ८१ कित्ता बराबर सेयर हुने गरी स्वाप रेसियो तय भएको थियो ।
हिमालयन बैङ्कले यसअघि पनि नेपाल इन्भेष्टमेन्ट बैङ्कसँग मर्जर तोडेको थियो ।

