एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै


काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

बैठक ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको सो पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार बैठकमा साङ्गठानिक काम र आगामी निर्वाचन केन्द्रीत कार्यक्रमबारे छलफल हुनेछ ।

यसअघि गत मंगलबार बसेको बैठकमा अध्यक्ष माधव कुमार नेपालको प्रतिवेदनलाई पूर्णता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया