चेक बाउन्समा ११ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना भएका शर्मा पक्राउ


काठमाडौं – केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चेक बाउन्स मुद्दामा ११ दिन कैद र ५५ लाख रुपैयाँ जरिवाना भएका गौरव शर्मालाई पक्राउ गरेको छ ।

महोत्तरी स्थायी घर भई ललितपुरको इमाडोल बस्दै आएका २८ वर्षीय शर्मा बालुवाटारबाट पक्राउ परेका हुन् । गत बैशाख ५ गते पाटन उच्च अदालतले शर्माविरुद्ध उक्त फैसला गरेको थियो ।

यस्तै पाटन उच्च अदालतले दुई दिन कैद र ९ लाख ९० हजार जरिवाना गरेका धादिङ स्थायी घर भई काठमाडौंको मनमैजु बस्दै आएका ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई पनि बालुवाटारबाट पक्राउ गरिएको छ ।

अदाललते गत बैशाख ४ गते गुरुङविरुद्ध उक्त फैसला गरेको थियो ।

प्रतिक्रिया