
अश्लील भिडियोमार्फत् धम्काएर ‘बार्गेनिङ’ गर्नेहरू धरौटीमा छुटे
काठमाडाैं – व्यापारीलाई धम्काएर ७ करोड रूपैयाँ ‘बार्गेनिङ’ गरेको आरोपमा पक्राउ परेका सातै जना धरौटीमा छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्कीको शुक्रवारको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
उनीहरूमध्ये ३ जनालाई साढे २ लाख, दुई जनालाई २/२ लाख र अन्य दुई जनालाई एक/एक लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
प्रहरीले सुजन आचार्य, धर्मराज थापा, वसन्ता खनाल, श्रवण कार्की, टेकबहादुर बिक, उमेश भण्डारी र सुरज शर्मालाई व्यापारीसँग ७ करोड डील गरिराखेको अवस्थामा पक्राउ गरेको थियो ।
उनीहरूले एक युवती र ती व्यापारीको अश्लील भिडियोमार्फत् बार्गेनिङ गरेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
