प्रेमी शरद्सँग विवाह गर्दै इन्दिरा 


काठमाडौं – गायिका इन्दिरा जोशी र प्रेमी शरद् केडियाबीच आगामी मंगलबार विवाह हुने भएको छ ।

आइतबार वक्तव्य जारी गर्दै इन्दिराले जेठ ३१ गते विवाह हुने जनाएकी हुन् ।

‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ,’ इन्दिराले वक्तव्यमा भनेकी छन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया