युक्रेनलाई स्पेनले पठाउन खोजेको लेपर्ड ट्यांक रोक्यो जर्मनीले


काठमाडाैं – स्पेनले युक्रेनलाई दिन खोजेको दर्जनौं लेपर्ड ट्यांकहरू जर्मनीले रोकिदिएको बिजनेस इन्साइडर पत्रिकाले खबर दिएको छ ।

जुन महिनाको शुरूमा एल पाइस पत्रिकाले युक्रेनलाई ४० वटा लेपर्ड ट्यांक दिने विषयमा स्पेन सरकारले सोचविचार गरिरहेको खबर दिएको थियो । जर्मनीमा बनेका ती पुराना ट्यांकहरू सन् १९९० को दशकमा सोभियत संघबाट लिइएका थिए ।

बर्लिनले दबाब दिएपछि स्पेनले ट्यांकको संख्या घटाएर अब १० वटा जति मात्र दिन लागेको बिजनेस इन्साइडर लेख्छ । ती पनि मर्मत गर्नुपर्ने खालका छन् ।

तर यी ट्यांकहरू युक्रेनलाई दिने विषयमा संघीय सरकारसमक्ष निवेदन पेश नगरिएकाले त्यति ट्यांक पनि दिने नदिने निश्चित छैन ।

गत अप्रिल महिनामा मड्रिडले युक्रेनलाई २०० टन गोलीगट्ठा, सैन्य उपकरण र आवागमनका साधन उपलब्ध गराएको थियो । त्यतिखेर स्पेनका परराष्ट्रमन्त्री होसे म्यानुअल अल्बारेसले युक्रेनलाई भारी हतियार दिने योजना नरहेको बताएका थिए ।

प्रतिक्रिया