मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकारमा १० प्रतिशत छुट


पोखरा – मुक्तिनाथ विकास बैंकले पोखराको अन्नपूर्ण केबुलकारसँग आफ्ना ग्राहकहरूलाई छुट दिनेसम्बन्धी सम्झौता गरेको छ ।

उक्त सम्झौतासँगै अब मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा ग्राहकहरूले अन्नपूर्ण केबुलकारले दिने सेवा उपभोग गर्दा १० प्रतिशतसम्म छुट प्रदान गर्नेछ । बैंकका अनुसार उक्त छुट प्राप्त गर्नका लागि ग्राहकहरूले मुक्तिनाथ विकास बैंकका भिसा, डेबिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।

पोखराको सेदीदेखि सराङकोटसम्म हालै सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तव्य बनेको छ । केबुलकारको टप स्टेसन सराङकोटमा स्विइङ, स्काई साइकिलिङ, टावर रेस्टुरेन्टलगायतका अन्य विभिन्न सेवाहरू उपलब्ध छन् ।

उक्त कार्यक्रममा बैंकका गण्डकी क्षेत्रीय प्रमुख शंकर केसी र अन्य कर्मचारीहरू, त्यस्तै अन्नपूर्ण केबुलकारका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेल र अन्य आधिकारिक सदस्यहरूको पनि उपस्थिति थियो ।

प्रतिक्रिया