जोनी डिपलाई ‘डबल’ खुशी : मुद्दाको फैसला आफ्नो पक्षमा आएलगत्तै फिल्ममा फर्किंदै


काठमाडौं – अभिनेता जोनी डिपको हलिउड करिअर संकटमा पर्ने चिन्ता अन्तत ‘डवल’ खुशीमा परिणत भएका छ । ६ वर्षअघि पूर्वपत्नी एम्बर हर्डले मुद्दा दायर गरेपछि उनकाे करिअर सकिने धरैकाे अनुमान थियो । यति मात्र होइन, ज्याक स्प्यारोको रुपमा उनको ‘पाइरेट्स अफ दी क्यारेबियन’ फिल्म पनि हातबाट गुम्ने जोखिम औंल्याइएको थियो ।

उक्त ब्लकबस्टर मुद्दाको फैसला आफ्नो पक्षमा आएलगत्तै अभिनेता डिप ‘पाइरेट्स अफ दी क्यारेबियन’को नयाँ श्रृंखलामा आउने भएका छन्। उक्त फिल्म निर्माण कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई उद्धृत गर्दै पिपुल म्यागजिनले जनाएको छ ।

अहिले प्रि–प्रोडक्सन फेजमा रहेको उक्त फिल्मको छैटौं श्रृंखलामा अभिनेता डिप देखिने लगभग पक्का भएको हो । ‘म विश्वास गर्छु कि अदालतको फैसलापछि ज्याक स्प्यारोको भूमिकामा डिप देखिने पक्का छ,’ ती कार्यकारीले भने ।

उनले अगाडि भने, ‘डिज्ने संस्कृतिमा गहिरो रुपमा जरा गाडेको प्रिय पात्रको लागि बक्स अफिसमा अथाह सम्भावना छ ।’ यसैबीच, अभिनेता डाउने जोन्सनले ज्याक स्प्यारोको भूमिकामा डिपलाई विस्थापित गर्ने हल्ला पनि फैलिएको छ ।

अदालतको फैसला आफ्नो पक्षमा आएपछि डिपले पूर्वपत्नीबाट १५ मिलियन डलर क्षतिपूर्ति पाउनेछन् । हलिउड मिडियाका अनुसार अदालतको फैसलाप्रति अभिनेत्री हर्डले पुनरावलोकन गर्ने तयारी समेत छ । यो बहुचर्चित मुद्दालाई लिएर सिंगो हलिउड विभाजित बनेको छ ।

प्रतिक्रिया