

दाङमा फरार महिला पक्राउ

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले फरार प्रतिवादी एक महिलालाई पक्राउ गरेको छ ।
जिल्ला अदालत दाङबाट २०७७ फागुन १८ गते लेनदेनको मुद्दामा दुई वर्ष कैद सजाय सुनाएकी महिलालाई बुधबार पक्राउ गरिएको हो ।
फरार रहेकी घोराही उपमहानगरपालिका–१८ निवासी ३४ वर्षीया सुन्तली परियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई रझेनास्थित बाटोमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी आज नै अदालतमा पेश गरिएको दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जनाएका छन् ।

