सलमानको ‘द ब्याङ रिलोडेड टुर’ स्थगित


काठमाडौं – आउँदो शनिबार दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कन्सर्ट स्थगित स्थगित गरिएको छ । अन्तिम समयमा विभिन्न बहाना बनाउँदै कार्यक्रम स्थगित गरिएको हो ।

स्थानीय चुनावको कारण टिकट बिक्रीमा प्रभाव परेको र बर्सातको समय सुरु भएकाले कार्यक्रम गर्न असहज हुने भएपछि स्थगित गरिएको आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘द ब्याङ रिलोडेड टुर’ यस अघि पनि स्थगित हुँदै आइरहेको थियाे । आयोजकले ज्याकलिन फर्नान्डेजलाई पनि कार्यक्रम रद्द गर्नुपर्ने कारणको रुपमा व्याख्या गरेको छ ।

कलाकारहरुसँग छलफल गरेर अर्को मिति चाँडै तय गरिने आयोजकले जनाएको छ । टुरका लागि सलमानसँगै सोनाक्षी सिन्हा, ज्याकलिन, प्रभु देवा, साइ मान्जरेकर, गुरु रान्धावा आदि कलाकार भारतबाट आउने बताइएको थियो ।

प्रतिक्रिया