७ घण्टापछि सुरु भयो पोखरामा मतगणना


कास्की – पोखरा महानगरपालिकामा मतगणना रोकिएको सात घण्टापछि फेरि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको सर्वदलीय बैठकमा गणना बाँकी तीन वडाको मतगणना सुरु गर्ने सहमति भएको हो ।

बेलुकी ७ बजेर २० मिनेटदेखि पोखरा वडा नम्बर २२, ३२ र ३३ को मतगणना सुरु भएको छ । पोखरा-१८ मा नाै मत हराएको भन्दै मङ्गलवार दिउँसो १२ बजेदेखि नेकपा एमाले रोकेको थियो ।

पोखरा-१८ मा खसेको मतभन्दा ९ मत गणना भएको  कम थियो । त्यसपछि एमालेले मतगणना भइरहेका वडाका प्रतिनिधिलाई मतगणनास्थलमा नजान भनेको थियो ।

त्यहाँ एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कलबहादुर थापा कांग्रेसका शिव तिमिल्सिनासँग तीन मतले पराजित भएका थिए।

प्रतिक्रिया