प्रभुको शाखा जिल्ला प्रसासन कार्यालय वीरगञ्जमा


काठमाडौ – प्रभु बैंकले पर्सा वीरगन्ज महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

पर्सास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टर बिहीबारदेखि सुरु भएको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल २०९ वटा शाखा कार्यालय, १९४ वटा एटिएम, ५४ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवाबाट सेवा दिदैं आएको छ।

 

प्रतिक्रिया