लुम्बिनी प्रदेशका पूर्वाधार मन्त्रीलाई कोरोना संक्रमण


बुटवल–लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनका अनुसार आफूसँगै श्रीमती द्रोपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण छ ।

हाल मन्त्री चौधरी सरकारी निवासमै आइसोलेसनमा छन् । उनका अनुसार स्वास्थ्यमा सामान्य रुघाबाहेक अन्य समस्या छैन । अन्य ४ जनालाई कुनै लक्षण देखिएको छैन । मन्त्री चौधरीले मन्त्री चौधरीले आफूसँग सम्पर्कमा आएका सबैलाई सजगता अपनाउन आग्रह गरेका छन् ।

यसअघि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी चौधरीसहित प्रदेश सभा सचिववालयका कर्मचारी, मर्यादापालक र सुरक्षाकर्मीसहित ३५ जनामा पनि कोरोना संक्रमण भएको थियो । त्यस्तै लेखा समिति सभापति डिल्ली चौधरी र अर्थ, उद्योग तथा विकास समिति सभापति दधिराम न्यौपानेलाई पनि कोरोना देखिएको थियो ।

प्रतिक्रिया