पाल्पाकाे माथागढी ८ मा कांग्रेसकाे प्यानल नै विजयी


पाल्पा – पाल्पाको २ वटा नगरपालिका र ८ वटा गाउँपालिकामा मतगणना सुरु भएको छ । अहिलेसम्म माथागढी वडा नंं ८ को मत परिणाम सार्वजनिक भएको छ ।

माथागढी गाउँपालिका वडा नंं ८ बहादुरपुरमा वडा अध्यक्ष दिलबहादुर ढेंगासहित सबै सदस्यमा नेपाली कांग्रेसमा उम्मेदवारहरु विजयी भएका छन् ।

विजयी हुने महिला सदस्यमा लालीसरा ढेंगा, दलित महिला सदस्यमा माया विक र खुला सदस्यमा तिलबहादुर ढेंगा तथा मनिसरा ढेगा रहेका छन् ।

विजेता वडाअध्यक्ष ढेगाले ४१० मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नारायणसिंह थापाले ३०६ मत ल्याएका थिए।

प्रतिक्रिया