पानी परेपछि पर्साका तीन पालिकामा मतदान रोकियो


पर्सा – वर्षाका कारण पर्साका तीन पालिकामा मतदान रोकिएको छ।

जिल्लाको ठोरी, जिराभवानी र नगरनाथपुर गाउँपालिकामा वर्षाका कारण निर्वाचन झण्डै आधा घण्टादेखि रोकिएको निर्वाचन अधिकृत रञ्जिता झाले जानकारी दिइन्।

उनका अनुसार भारी वर्षा भएपछि ५, ६ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ।

पानी पर्न रोकिए लगत्तै ती स्थानमा मतदान सुरू हुने उनले जानकारी दिइन्। निर्वाचन आयोगको रिपोर्टिङ अनुसार जिल्लामा ४७.५ प्रतिशत मतदान सम्पन्न भएको उनले बताइन्।

प्रतिक्रिया