गोरखाको गण्डकी गाउँपालिका-६ मा मतदान स्थगित


गोरखा – गोरखाको गण्डकी गाउँपालिका-६ स्थित बालकी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित गरिएको छ ।

केन्द्रको तीन सय मिटर क्षेत्रभित्र दुई पक्षबीच झडप भएपछि मतदान प्रक्रिया स्थगित भएको हो ।

शुक्रबार बिहान ११ः१० बजेदेखि मतदान प्रक्रिया स्थगित भएको मतदान अधिकृत अनुप देवकोटाले जानकारी दिए ।
अहिले सर्वदलीय बैठक बसिरहेको छ।

सर्वदलीय बैठकबाट सहमति गरेर मतदान प्रकिया पुनः सुचारु गर्ने तयारी भएको घ्याल्चोक प्रहरी चौकी प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया